सरकारी निवासमा एमालेको स्थायी कमिटी बैठक बस्दै
द नेपाल मिडिया
२९ असार २०७८, मंगलवार १२:०४
२९ असार, रौतहट । सरकारी निवास बालुवाटारमा नेकपा (एमाले)को स्थायी कमिटी बैठक बस्दैँ छ । बालुवाटारमा आज दिउँसो १ बजेतिर बैठक बोलाइएको हो ।
सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि आगामी रणनीतिको तयारीमा मंगलबार बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जनाएका छन् ।






