राष्ट्रपतिलाई भेट्न शितल निवास पुगे; प्रधानमन्त्री ओली

   २३ असार २०७८, बुधबार १४:५६  

२३ असार, रौतहट । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली बुधबार बिहान १० बजेतिर नै शीतल निवास पुगेका थिए । स्रोतका अनुसार ओली र भण्डारी बीच करिब २ घण्टा छलफल भएको हो ।

संसद विघटनविरुद्धको मुद्दामा फैसला आउने मिति नजिकिएका बेला ओली र भण्डारीबीच लामो छलफल भएको समेत स्रोतले जानकारी दिए ।