छलफलका लागि निर्वाचन आयोग पुगे; यादव र ठाकुर पक्ष

   २२ असार २०७८, मंगलवार १२:०३  

२२ असार, रौतहट । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव छलफलको लागि आज निर्वाचन आयोगको कार्यालय पुगेका छन् । दुवै पक्षलाई छलफलका लागि निर्वाचन आयोगले मंगलबार बोलाएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आयोगमा हाल महन्थ समूहका महन्थसहित राजेन्द्र महतो, सरदसिंह भण्डारी र लक्ष्मणलाल कर्ण पुगिसकेका छन्, भने उपेन्द्र पक्षबाट उपेन्द्रसहित महेन्द्रराय यादव पुगेका हुन् ।

यस्तै, बाबुराम भट्टराईलगायत अन्य नेताहरुको पनि निर्वाचन आयोग पुगनेक्रममा जारी नै रहेको छ ।