कांग्रेसले बोलाएको पदाधिकारी बैठक स्थगित
द नेपाल मिडिया
१७ असार २०७८, बिहीबार १४:०७
१७ असार, रौतहट । आज दिउँसो २ बजे बोलाइएको नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ ।
पार्टी कार्यालय सानेपामा बस्ने शीर्ष नेतासहितको पदाधिकारी बैठक स्थगित भएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार क्रियाशील सदस्यतामा देखिएको विवादबारे छलफल गर्न बोलाइएको बैठक असार १८ गते (शुक्रबार) बस्ने भएको छ ।






