नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष पाण्डे मुस्ताङ जादैँ

   २२ भाद्र २०७९, बुधबार ११:५०  

२२ भदौँ, रौतहट । नेपाल भ्रमणमा आएको भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे आज मुस्ताङ जाने भएका छन् ।

मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्न पाण्डे बुधबार जाने कार्यक्रम रहेको स्रोतले जनाएको छ । मुक्तिनाथको दर्शन गरी आजै उनी पोखरा आउने भएका छन् ।

स्रोतलका अनुसार पाँच दिन नेपाल भ्रमणमा रहेका पाण्डे पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड मुख्यालयको भ्रमण गर्नेछन् ।