कैलाश दर्शनका लागि भारतीय सदगुरु नेपाल आउँदै

   १२ भाद्र २०७९, आईतवार ११:२४  

१२ भदौँ, एजेन्सी । भारतीय सदगुरु भ्रमणमा नेपाल आउँने भएका छन् ।

भारतीय प्रख्यात योगगुरु सदगुरु कैलाश दर्शनका लागि भदौँ १९ गते (आइतबार) नेपाल आउन लागेका हुन् । चीनको स्वशासित क्षेत्रमा रहेका कैलाश जानका लागि समस्या परे पछि सदगुरुले हुम्लाको लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गर्नेछन् ।

लाप्चा कैलाश दर्शन गर्नका लागि चर्चित छ ।
यस्तै, अघिल्लो बर्ष पनि लाप्चाबाट कैलाश दर्शन गरेका सदगुरुले यो पटक एक हजार चार सय धार्मिक पर्यटकसहित नेपाल आउन लागेका हुन् । एजेन्सी