दुर्घटनावश मिसाइल प्रहार गरेको आरोपमा भारतीय वायुसेनाका तीन अधिकारी बर्खास्त

९ भदौँ, एजेन्सी । भारतीय वायुसेनाका तीन जना अधिकारीलाई बर्खास्त गरिएको छ ।
मार्चमा पाकिस्तानमा ‘दुर्घटनावश मिसाइल प्रहार’ गरेको आरोपमा वायुसेनाका तीन अधिकारीलाई भारतको सरकारले बर्खास्त गरेको छ । मार्चमा गरिएको मिसाइल प्रहारबाट आणविक हतियारयुक्त दुई देशबीचको सम्बन्धमा तनाव आएको भन्दैँ तीन जना अधिकारीलाई बर्खास्त गरिएको हो ।
दिल्लीले सो घटनालाई नियमित मर्मत सम्भारको क्रममा प्राविधिक खराबी भएको जनाएको थियो । इस्लामावादले दिल्लीलाई ‘यस्ता लापरबाहीका अप्रिय परिणामहरूप्रति सजग रहन’ र भविष्यमा नदोहोर्याउन चेतावनी समेत दिएको छ । ९ मार्चको घटनाका लागि जिम्मेवार अधिकारीहरूलाई सेवाबाट बर्खास्त गरिएको भारतीय वायुसेनाले एक विज्ञप्तिमा जानकारी दिएको छ ।
ब्रह्मोस रसिया र भारतले संयुक्त रूपमा विकास गरेको एक परमाणु–सक्षम क्रुज मिसाइल हो । क्षेप्यास्त्रले मार्च ३ मा १२ हजार मिटरको उचाइमा पुगेर दुर्घटना हुनुअघि पाकिस्तानी आकाशमा १२४ किलोमिटर उडेको थियो । एजेन्सी