भ्रमणका लागि भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउँदै
द नेपाल मिडिया
८ भाद्र २०७९, बुधबार १४:०३
८ भदौँ, एजेन्सी । पाँच दिने भ्रमणका लागि भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् ।
भदौँ १९ गते (आइतबार) देखि २३ गते (बिहीबार)सम्मका लागि भारतीय सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन् ।
नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा मनोज पाण्डे आउन लागेका छन् । एजेन्सी






