चट्याङ लागेर भारतमा २१ जनाको मृत्यु

   ११ श्रावण २०७९, बुधबार १८:०९  

११ साउन, एजेन्सी । चट्याङ लागेर भारतमा पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार चट्याङ लागेर ज्यान गुमाउनेहरुमा बिहारका ११ जना र उत्तर प्रदेशका १० जना रहेका छन् । केही दिन तयादेखि भारतमा भारी वर्षासंगै परेको चट्याङमा २१ जनाको मृत्यु भएको हो । यस्तै, आन्ध्र प्रदेशको गोदावरीमा नदीमा आएको बढीमा परेर ७ जनाको मृत्यु भएको छ भने राजस्थानको जोधपुरमा पनि डुबेर पाँच जनाले ज्यान गुमाएका छन् ।