आज जसपाका यादव पक्षको बैठक बस्दै

   ३ असार २०७८, बिहीबार १०:३८  

३ असार, रौतहट । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव समूहको केन्द्रीय समितिको बैठक बस्दै छ ।

जसपाको यादव पक्षको बैठकले महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेतामाथि गरिएको कारवाही सन्दर्भमा निर्वाचन आयोगले दिएको निर्णयबारे निर्णय गरिने जनाइएको छ ।

तर, आज ११ बजेदेखि बैठकलाई ठाकुर पक्षले अस्वीकार गरेका छन् । बैठकमा जसपाको वैधानिकता दावी गर्ने विषयमा निर्वाचन आयोगसंग परामर्श गर्नेसहित अन्य संवैधानिक उपायबारे छलफल हुने जनाइएको छ ।