भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो, ११ लाख संक्रमित

   ६ श्रावण २०७७, मंगलवार १३:३४  

साउन ६, रौतहट । कोरोना भाईरस (कोभिड १९)का माहामारीबाट भारतमा मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५ सय ८७ जनाको मृत्यु भएसंगै कोरोनाका कारण मृत्यु हुनेको संख्या २८ हजार ८४ पुगेको छ ।

भारतको स्वास्थ्स मन्त्रलयका अनुसार बितेको २४ घण्तामा मात्र थप ३७ हजार १४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ कोरोना संक्रमित थपिएसंगै भारतमा कोरोना भाईरसबाट संक्रमितको हुनेहरुको संख्या पनि ११ लाख ५५ हजार नाघेको छ ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म तीन लाख १८ हजारभन्दा बढी संक्रमित फेला परेका छन, भने तामिलनाडुमा एक लाख ७५ हजारभन्दा बढी संक्रमित फेला परेका छन । त्यस्तै दिल्लीमा एक लाख २३ हजारभन्दा बढी कोभिड १९ का संक्रमित भेटिएका छन ।

त्यस्तै भारतमा अहिलेसम्म कोरोना भाइरसका सात लाख २४ हजार ५७८ संक्रमित निको भएर घर फर्किसकेका छन ।