बालुवाटारमा स्थायी कमिटी बैठक सुरु

   १८ जेष्ठ २०७८, मंगलवार १३:१८  

१८ जेठ, रौतहट । नेकपा (एमाले)को स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।

मंगलबार बिहान ११ बजे बोलाइएको बैठक १ बजेदेखि सुसरु भएको हो । सरकारी निवास बालुवाटारमा आज बसेको बैठकमा पार्टीको आन्तरिक विवाद साथै सरकारले ल्याएको बजेटका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

स्रोतका अनुसार बैठकमा पार्टीले स्पष्टीकरण सोधेका नेताहरुको कारवाहीको विषयमा छलफल हुने छ ।