बालुवाटारमा एमालेको स्थायी कमिटीको बैठक जारी
द नेपाल मिडिया
१७ जेष्ठ २०७८, सोमबार ११:५७
१७ जेठ, रौतहट । सरकारी निवास बालुवाटारमा एमालेको स्थायी कमिटीको बैठक बस्दैँ छ ।
स्पष्टीकरण सोधिएका एमाले नेताहरुलाई थप कारबाहीलगायतका विषयमा छलफल गर्नका लागि आइतबार बस्ने तय भए पनि स्थगित गरिएको बैठक आज बिहान बस्न लागेको हो ।
बालुवाटारमा सोमबार बिहान १० बजे देखि बैठक बस्न लागेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै आज बसेको बैठकले आवश्यक निर्णय लिने समेत उनले बताएका हुन् ।






