ओलीले बोलाएको स्थायी समिटी बैठक स्थगित

   १६ जेष्ठ २०७८, आईतवार १६:३३  

१६ जेठ, रौतहट । सरकारी निवास बालुवाटारमा आज बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ ५ बजेतिर बोलाएको बैठक स्थगित भएको हो । तयारी नपुगेकाले बैठक स्थगित गरिएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

एमाले कार्यालय सचिव तामाङका अनुसार अब सोमबार बिहान १० बजे स्थायी समिति बैठक बस्ने छ ।