बुढानीलकण्ठमा विपक्षी नेताहरुको बैठक जारी

   १६ जेष्ठ २०७८, आईतवार १२:२३  

१६ जेठ, रौतहट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी गठबन्धनका नेताहरुको बैठक बसेको छ ।

देउवा निवास बुढानीलकण्ठमा सरकारविरुद्धको रणनीतिबारे छलफल गर्न नेताहरु भेला भएको देउवा निकट स्रोतले जानकारी दिए ।

आज बसेको बैठकमा कांग्रेसको तर्फबाट देउवा र रामचन्द्र पौडेल, माओवादी अध्यक्ष प्रचण्ड, एमाले नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताहरु सहभागी भएका स्रोतले जनाएको छ ।