बुढानिलकण्डमा कांग्रेस पदाधिकारी बैठक सुरु

   १२ जेष्ठ २०७८, बुधबार १२:४२  

१२ जेठ, रौतहट । नेपाली कांग्रेसको पदाधिकारी बैठक देउवा निवासमा सुरु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्डमा पदाधिकारी र पूर्व पदाधिकारीको बैठक सुरु भएको हो ।

नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछिको राजनीतिक अवस्थाबारे रणनीति बनाउने विषयमा छलफल गर्नका लागि आज बैठक बोलाइएको नेताहरुले बताएका छन् ।

विपक्षी गठबन्धनका १४६ जना सांसदले सर्वोच्च अदालतमा सभपाति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिने माग गर्दाै रिट हालेका छन् ।