बुधबार बुढानिलकण्ठमा कांग्रेसले बोलायो पदाधिकारी बैठक
द नेपाल मिडिया
११ जेष्ठ २०७८, मंगलवार १६:२८
११ जेठ, रौतहट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बोलाइएको छ ।
पदाधिकारी बैठक भोली बिहान ९ बजे बुढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
पौडेलका अनुसार बैठकमा सर्वोच्च अदालतमा रिट दायर गरेपछिको अवस्थाबारे छलफल हुने छ । देउवालाई प्रधानमन्त्री बनाउन आदेश माग गर्दै सोमबार सर्वोच्चमा विपक्षी गठबन्धनले रिट दायर गरेको थियो ।






