बबरमहलमा महन्थ ठाकुर समूहको बैठक बस्दै
द नेपाल मिडिया
९ जेष्ठ २०७८, आईतवार १६:०८
९ जेठ, रौतहट । जनता समाजवादी पार्टीको अध्यक्ष महन्थ ठाकुर समूहको बैठक बस्दै छ । पार्टी कार्यालय बबरमहलमा आज ४ बजे बैठक बस्दै छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको कार्यकारिणी बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण लगायतका नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
स्पष्टीकरण सोधेपछि के गर्ने विषयमा ठाकुर(महतो पक्षको बैठक बस्न लागेको छ ।






