अगामी रण्नीति बनाउँनका लागि विपक्षी गठबन्धनको बैठक सुरु

   ८ जेष्ठ २०७८, शनिबार १२:१८  

८ जेठ, रौतहट । शुक्रबार गएराति बसेको बैठकले प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपतिबाट चालिएको कदमको विषयमा अगामी रण्नीति बनाउनका लागि विपक्षी गठबन्धनको बैठक सुरु भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा हिजो भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै रुष्ट बनेका विपक्षी गठबन्धनको बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा सुरु भएको हो ।

आज बसेको बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको सहभागिता रहेको स्रोतले जनाएको छ ।