जेठ ८ र ९ गते बोलाइएको बैठक कोरोनाका कारण स्थगित
द नेपाल मिडिया
७ जेष्ठ २०७८, शुक्रबार १३:२४
७ जेठ, रौतहट । अगामी जेठ ८ र ९ गते बोलाइएको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले एकतर्फी रूपमा जसपाको कार्यकारिणी बैठक स्थगित गरेका छन् ।
महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको बताएका हुन् । ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवको संयुक्त हस्ताक्षरमा बैठक बोलाइएको थियो ।
तर, कोरोना माहामारीका कारण बैठक स्थगित गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।







