देउवालाई भेट्न बूढानीलकण्ठ पुगे प्रचण्ड

   ७ जेष्ठ २०७८, शुक्रबार १२:२९  

७ जेठ, रौतहट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्नका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बूढानीलकण्ठ पुगका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा नजिकिँदै गर्दा दाहाल छलफलका लागि आज देउवा निवास पुगेका हुन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

माओवादीले शुक्रबार दिउँसो १ बजेका लागि स्थायी कमिटी बैठक पनि बोलाएको छ ।