बालुवाटारमा एमालेको आकस्मिक स्थायी कमिटी बैठक बस्दैँ

   ६ जेष्ठ २०७८, बिहीबार १०:५६  

६ जेठ, रौतहट । सरकारी निवास बालुवाटारमा नेकपा एमालेले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएको छ ।

एमाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बिहीबार दिउँसो २ बजे बालुवाटारमा बोलाएका हुन् ।

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले दिएका जानकारी अनुसार बैठकमा पार्टीको आन्तरिक विवादका विषयमा छलफल हुने ।