मंगलबार दिउँसो ३ बजे एमाले कार्यदलको बैठक बस्दै

   ४ जेष्ठ २०७८, मंगलवार १२:४४  

४ जेठ, रौतहट । नेकपा एमाले कार्यदलको बैठक आज बस्ने भएको छ । पार्टीभित्र देखिएको विवाद समाधानका लागि मंगलबार दिउँसो ३ बजे बैठक बस्ने भएको हो ।

आज बोलाइएको बैठकमा को-को सहभागी हुने बारे हाल नखुल्ल सकेको स्रोतले जनाएको छ । यसअघि सोमबार नेता भीम रावलको स्वास्थ्यमा समस्या देखिएपछि बैठक स्थगित भएको थियो ।

नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको सहमति अनुसार दुवै पक्षबाट १० सदस्य रहेको वार्ता टोली गठन भएको थियो ।