बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै

   ३ जेष्ठ २०७८, सोमबार १४:१८  

३ जेठ, रौतहट । सरकारी निवास बालुवाटारमा आज मन्त्रिपरिषद्को बैठक बस्ने छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुकी ५ बजे देखि बैठक बस्न लागेको हो । सोमबार बेलाइएको बैठकमा कोरोना माहामारीको विषयसहित नियमित कार्यसूचीमा छलफल हुने स्रोतले जानकारी दिए ।

नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सीसीएमसीको बैठकले दिएका सुझावसहित कोभिड रोकथाम र नियन्त्रणका विषयमा थप निर्णय हुने बताइएको छ ।