पार्टीमा देखिएका विवाद समाधान हुने; प्रधानमन्त्री ओली
२ जेठ, रौतहट । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको छलफल पछि, पार्टी मिल्ने बताईएको छ ।
सिंहदरबारमा नेता माधवकुमार नेपालसँग कुराकानी गरेपछि निस्केका प्रधानमन्त्री ओलीले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै पार्टीमा देखिएका विवाद समाधान हुन बताएका हुन् ।
ओलीले भने ‘पार्टी मिल्छ,’ एमालेभित्र गत फागुन २८ का निर्णय फिर्ता लिएर पार्टीलाई २०७५ जेठ २ कै संरचनाअनुसार अगाडि बढाउनु पर्ने अडानमा नेता नेपाल छन् ।
यसबारे ओलीले पटक-पटक माधवसँग वार्ता गरिरहेका छन् ।






