ओेली र माधव नेपालबीच आज पनि वार्ता हुने

   २ जेष्ठ २०७८, आईतवार १२:५७  

२ जेठ, रौतहट । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीज आज वार्ता हुने लागेको छ ।

नेकपा एमालेभित्रको विवाद समाधान गर्ने विषयमा गत शुक्रबार दुवैतर्फका नेतासहित छलफल गरेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले आज पनि त्यसैलाई निरन्तरता दिँदै कार्यदलमा रहने सदस्यबारे छलफल गर्न लागेका हुन् ।