बुढानिलकण्ठमा कांग्रेस पदाधिकारीको बैठक बस्दैँ

   २८ बैशाख २०७८, मंगलवार १२:०५  

२८ बैशाख, रौतहट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाइएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारसम्म संविधानको धारा ७६ ९२० अनुसार दुई वा दुई भन्दा बढी दलहरुको सरकार गठनका निम्ति आह्वान गरेकी छन् ।

भण्डारीले छोटो समय दिएकाले आजै काँग्रेसको बैठक बोलाइएको छ । पदाधिकारी बैठक पछि अन्य पक्षसँग पनि बैठक बोलाउने तयारी भएको छ ।