माओवादी केन्द्रको स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने
द नेपाल मिडिया
२१ बैशाख २०७८, मंगलवार १४:४८
२१ बैशाख, रौतहट । नेकपा माओवादी केन्द्रले आज दिउँसो स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बैठक बस्ने स्रोतले जानकारी दिए ।
तीव्र रुपमा फैलिएका कोरोना माहामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेकाले काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यलाई मात्र बैठकमा बोलाइएको हो ।
बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे पनि छलफल हुने स्रोतले जनाएको छ ।






