देउवाले बोलाए निजी निवासमा पदाधिकारीको बैठक
द नेपाल मिडिया
२० बैशाख २०७८, सोमबार १०:४२
२० बेशाख, रौतहट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज वर्तमान राजनीतिकको समीक्षा गर्न पदाधिकारी बैठक बोलाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले सोमबार बोलाएको बैठक देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने भएको हो ।
दिउँसो २ बजे बस्ने बैठकमा लुम्बिनी प्रदेशमा भएको राजनीतिक घटनाक्रम र प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिद्वारा प्रतिनिधिसभा अधिवेशन आहवान गरेको विषयमा छलफल हुने स्रोतले जानकारी दिएको छ ।






