प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

   १९ बैशाख २०७८, आईतवार ११:४९  

१९ बैशाख, रौतहट । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो ४ बजे बैठक बोलाइएको स्रोतले जानकारी दिए । हाल बैठकका एजेण्डाहरु नखुलाइए पनि बढ्दो कोरोना माहामारी लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।