अमिताभ बच्चन अझै एक साता अस्पताल बस्न सक्ने

   ३ श्रावण २०७७, शनिबार ०७:०१  

साउन ३, रौतहट । बलिउड अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चन अझै कम्तिमा सात दिन अस्पताल बस्ने भएका छन्। कोरोना संक्रमणका कारण मुम्बईको नानावती अस्पताल भर्ना भएका यी बाबुछोराको अस्पताल बसाइ लम्बिने भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

दुवैको स्वास्थ्यमा सुधार आइरहेको छ । डाक्टरहरूले उनीहरूको स्वास्थ्य स्थिर सामान्य रहेको बताएका छन्। तर अमिताभलाई श्वासप्रश्वासमा सामान्य समस्या ‍भएको जनाइएका छन्।

अमिताभ र अभिषेक गत शनिबारदेखि अस्पताल भर्ना भएका हुन्। उनीहरूका साथै ऐश्वर्य राय र उनकी छोरी आराध्यालाई पनि कोरोना पुष्टि भएको छ । उनीहरूलाई भने घरमै क्वारेन्टाइन बस्न भनिएको छ।

अमिताभलाई संक्रमण पुष्टि भएपछि उनको घरका कर्मचारीको पनि कोरोना जाँच गरिएको थियो। उनीहरू कोहीमा पनि कोरोना पाइएको छैन।

अमिताभले अस्पतालबाटै आफ्ना शुभचिन्तकहरूलाई धन्यवाद दिएका छन्।

उनले भनेका छन्, तपाईंहरूको प्रार्थना र शुभकामनाको मूसलधारे वर्षाले स्नेह रूपी बन्धनको बाँध तोडिदिएको छ। यो अपार प्रेमले मेरो एक्लोपनको अँध्यारोबाट मलाई पर राखेको छ । यी कुरालाई म शब्दमा व्याख्या गर्न सक्दिनँ।ु