`लाजशरणम´विरूद्ध आलमले थापे अड्काे, अदालतले दियाे यस्ताे आदेश

   ८ फाल्गुन २०८१, बिहीबार १४:५६  

८ फागुन, काठमाडौं । प्रदर्शाेन्मुख चलचित्र ‘लाजशरणम’ सेन्सर पास हुनुअघि कुनै पनि प्रचार सामग्री सार्वजनिक नगर्न अदालतले आदेश दिएको छ ।

पूर्वमन्त्री मोहम्मद आफताब आलमले चलचित्रविरूद्ध हालेको रिटमा सो आदेश आएको हो ।

चलचित्रमा सिताराम कट्टेल धुर्मुसले निभाएको भूमिका आफूसँग मिलेको भन्दै आलमले उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए । अदालतको आदेशले ट्रेलर रिलिज रोकिएको छ ।