ट्रेसिङमा परे प्रधानमन्त्री ओली
द नेपाल मिडिया
१६ बैशाख २०७८, बिहीबार १२:५६
१६ बैशाख, रौतहट । महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
बैठकमा सहभागी भएका केही सदस्याहरुलाई संक्रमण पुष्टि भएपछि नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली लगायतका अन्य नेताहरु पनि ट्रेसिङमा परेका हुन् ।
ट्रेसिङमा परेपछि प्रधानमन्त्री ओली आइसोलेसनमा रहेको समाचार सार्वजनिक भएका थिए । तर, प्रधानन्त्रीको निजी सचिवालयले प्रधानमन्त्री आइसोलेसनमा नरहेको पुष्टि गरेको स्रोतले जानकारी दिए ।






