काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित

   १५ बैशाख २०७८, बुधबार १३:२७  

१५ बैशाख, रौतहट । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

कोरोना परीक्षण गराउँदा केन्द्रीय सदस्यसहित केन्द्रीय कार्यालयका कर्मचारीमा समेत संक्रमण पुष्टि भएपछि आज बोलाईएको केन्द्रीय समिति बैठक स्थगित भएको हो ।

कांग्रेस केन्द्रीय समिति बैठकमा आसन्न १४औँ महाधिवेशनको कार्यातालिका, पार्टी समायोजन, अन्य पार्टीबाट आएकाहरुलाई सदस्यता वितरण तथा राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्ने कार्यतालिका थियो ।