तीन सांसदलाई कोरोना पुष्टि

   १५ बैशाख २०७८, बुधबार ११:२६  

१५ बैशाख, रौतहट । नेकपा (एमाले)का दुई जना र कांग्रेसका एक जना गरी गण्डकी प्रदेशका तीन जना संसादलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश सभाको विशेष अधिवेशनबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टुंगो लगाउने तयारी भइरहेको बेला तस्न सांसदलाई कोरोना संक्रमण पुष्टि भएको स्रोतले जानकारी दिए । प्रदेशसभाको बैठक बुधबार दिउँसो १ बजे बस्दै छ ।

पीसीआर परीक्षणविना प्रदेशसभाको बैठक बसाइएको भन्दै मंगलबार सत्तारुढ नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले बैठक अवरुद्ध गरेका थिए ।

तर, आज पनि दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्ने भएको स्रोतले जनाए । अविश्वास प्रस्तावमा विहीबार मतदानको तयारी छ । प्रदेशसभा सचिवालयले संक्रमित व्यक्तिलाई पनि मतदानको व्यवस्था मिलाउने जनाएको छ ।

स्रोतका अनुसार एक जना मर्यादापालकलाई पनि कोरोना पुष्टि भएको हो ।