प्रचण्डकी पत्नी सीता अस्पताल भर्ना

   १५ बैशाख २०७८, बुधबार १०:४२  

१५ बैशाख, रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पतालमा भर्ना गरिएको छ ।

दाहालकी श्रीमती सीताका शरीरमा सोडियमको मात्रा कम देखिएपछि मंगलबार साँझ नै लितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको स्रोतले जानकारी दिए ।

उनको स्वास्थ्य अवस्थामा सुधान नभई स्थिर नै रहेको स्रोतले जनाए ।