पार्टी कार्यालय बालकुमारीमा जसपाको बैठक बस्दै
द नेपाल मिडिया
१४ बैशाख २०७८, मंगलवार ११:३७
१४ बैशाख, रौतहट । पार्टी कार्यालय बालकुमारीमा जनता समाजवादी पार्टीका बैठक बस्दैँ छ ।
आज बसेको बैठकमा पार्टीका शीर्ष नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी भएका स्रोतले जनाए ।
नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्ने कि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने भन्नेमा जसपाभित्र दुई मत छन् ।
ठाकुर र महतो ओली सरकारकै पक्षमा देखिएका छन्, भने भट्टराई र यादव ओलीलाई जसरी पनि सत्ताबाट निकाल्नु पर्ने पक्षमा छन् ।