आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने

   १२ बैशाख २०७८, आईतवार ११:११  

 

१२ बैशाख, रौतहट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ ।

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टीको भावी रणनीति बनाउनका लागि आइतबार दिउँसो २ बजेतिर सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई आफ्नै निवास बूढानीलकण्ठमा बोलाएका हुन् ।

पार्टीको १४ औं महाधिवेशनको तयारी लगायत भोलि बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा बनाउन बैठक बस्न लागेको एक नेताले जनाए ।