सरकारी निवासमा एमाले बैठक सुरु
द नेपाल मिडिया
१० बैशाख २०७८, शुक्रबार १३:१२
१० बैशाख, रौतहट । सरकारी निवास बालुवाटारमा नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक बालुवाटारमा सुरु भएको एमाले नेता सुवास नेम्वाङले जनाएका छन् ।
आजको बैठकले स्पष्टीकरण सोधिएका ३२ जना सांसदमाथि कारवाही, कार्यविभाजन लगायतका विषयमा निर्णय गर्ने नेताहरुले बताएका छन् ।
यस्तै, यही वैशाख ६ गते बसेको बैठकले नेता माधवकुमार नेपालसहितका सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।






