आज पनि ओली र माधवबीच भेटवार्ता हुँदै

   ९ बैशाख २०७८, बिहीबार १४:०७  

९ बैशाख, रौतहट । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ट नेता माधवकुमार नेपाल बीच आज पनि भेटवार्ता भएको छ ।

बिहीबार दिउँसो २ बजेपछि एक्लाएक्लै उनी दुवै जनाको भेटवार्ता हुन लागेको हो । बुधबार साँझ होटल मेरियटमा ओली र नेपाल बीच करिब २ घण्टा बढी एक्लाएक्लै कुराकानी भएको थियो ।

साँझ लामो कुराकानी गरेर छुटेका अध्यक्ष ओली र नेपाल बीच फेरि होटल मेरियटमै उनीहरुबीच छलफल हुन लागेको हो ।