पार्टी कार्यालय भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओली
९ बैशाख, रौतहट । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शार्म ओलीले बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर प्रधानमन्त्री ओलीले बल्खुमा पार्टी केन्द्रीय कार्यालय भवन शिलान्यास गरेका हुन् । शिलान्यास गरिएको भवन दुई वर्षसम्ममा बनाइसक्ने एमाले नेता प्रदीप कुमार ज्ञवालीले बताए ।
ज्ञवालीका अनुसार हाल धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवन भाडामा लिई पार्टी कार्यालय सञ्चालन गरिरहेको एमालेले अब भने थापाथलीमा कार्यालय बनाउन भाडामा भवन लिइसकेको छ ।






