माधव पक्षका शाही ओली समूहमा
द नेपाल मिडिया
८ बैशाख २०७८, बुधबार १२:४६
८ बैशाख, रौतहट । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद ध्रुव शाही नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तर्फ लागेका छन् ।
सुर्खेतबाट निर्वाचित ससंद शाहीले आफुलाई पार्टीको मूलधारमा लागेको बताए । माधवकुमार नेपाललाई आफुले साथ दिएपनि अहिलेका गतिविधिले उहाँ फुटको बाटोमा लाग्नु भएको जनाए । त्यसैले म पार्टीको मुल नेतृत्वमा लागेँ उनले बताए ।
गलबार माधव पक्षका ७ जना सांसदलाई ओलीले स्पष्टिकरण सोधेका थिए । शाही स्पष्टिकरण सोधिएका सांसदको सूचीमा छैनन् ।






