आज बोलाइएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

   ६ बैशाख २०७८, सोमबार १२:४४  

६ बैशाख, रौतहट । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

सोमबार दिउँसो १ बजेतिर बोलाइएको बैठक स्थगित भएको हो । पछिल्लो राजनीति अवस्थाबारे अन्य दलसँग वार्ता गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको नेकपा माओवादी केन्द्रले जानकारी दिए ।

आज बोलाइएको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल गर्ने नेताहरुले बताएका थिए । अब अर्को बैठक बैशाख ७ गते मंगलबार दिउँसो १ बजे बस्ने भएको छ ।