प्रधानमन्त्री ओलीले बोलाएको मन्त्रिपरिषद् बैठक बस्दै

   ६ बैशाख २०७८, सोमबार ११:०५  

६ बैशाख, रौतहट । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बोलाएको मन्त्रिपरिषदको बैठक बस्ने भएको छ ।

हाल देशभरी कोरोनाको प्रभाव निकै बढेकाले आज बस्ने बैठकमा कोरोना नियन्त्रण तथा रोकथामका लागि सीसीएमसीले गरेको सिफारिसमाथि छलफल हुने बताइएको हो ।

मन्त्रिपरिषदको बैठक जनता समाजवादी पार्टी र सरकारबीच मधेश आन्दोलनका बेलाका मुद्दा फिर्तादेखि संविधान रिभ्यू आयोग गठन लगायतका विषयमा पनि छलफल हुने स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद बैठक लगत्तै बालुवाटारमै आज एमाले केन्द्रीय समिति बैठक पनि बस्दैछ ।