बादल पदमुक्त भएसंगै, आज साँझ ५ बजे शपथ

   ५ बैशाख २०७८, आईतवार १२:१२  

५ बैशाख, रौतहट । राष्ट्रिय सभा सदस्य पदमुक्त भएसंगै आजै साँझ ५ बजेतिर रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिने भएका छन् ।

राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेका हुन् ।

बादलको साँझ ५ बजे राष्ट्रपति भवनमा शपथग्रहण हुने तय भएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।