बैशाख ४ गते ओलीले बोलाए सर्वदलीय बैठक

   ३ बैशाख २०७८, शुक्रबार १४:५८  

३ बैशाख, रौतहट । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख ४ गते सर्वदलीय बैठक बोलाएका छन् ।

सरकारी निवास बालुवाटारमा शनिबार ११ बजेतिर प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आफूलाई प्रधानमनत्री ओलीको फोन आएको जनाएका थिए । तर उनले कुन विषयमा छलफल गर्न बोलाएको भन्नेबारे जानकारी दिएनन् ।