आईपीएलः कोलकाताको विजयी सुरुवात
द नेपाल मिडिया
३० चैत्र २०७७, सोमबार ०८:३७
३० चैत, रौतहट । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा विजयी सुरुवात गरेको छ ।
आइतबार भएको खेलमा कोलकाताले हैदरावादलाई १० रनले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।
चेन्नाईस्थित एम चितम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले नितिश राना र राहुल त्रिपाठीको अर्धशतक मद्दतमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो । कोलकाताले दिएको १८८ रनको लक्ष्य पछ्याएको हैदारावादले २० ओभरमा ५ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो ।
हैदरावादका लागि मनिस पाण्डे र जोनी बेयर्स्टोले अर्धशतक प्रहार गरे पनि जितका लागि पर्याप्त भएन ।
हैदरावादका रासिद खान र मोहम्मद नावीले २-२ विकेट लिए । यस्तै भुवनेश्वर कुमार र टि नटराजनले समान १ विकेट लिए ।