सांसद गुमाएका चार मन्त्रीको पुनर्नियुक्ति

   २७ चैत्र २०७७, शुक्रबार १४:०४  

२७ चैत, रौतहट । सांसद पद गुमाएका चार मन्त्रीको पुनर्नियुक्ति हुने भएको छ । पुनर्नियुक्ति भएसँगै उनीहरूले शपथ पनि आजै लिने भएका छन् ।

माओवादी केन्द्र छाडेर हालै एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेका हुन् ।

सांसद पद गुमाएका चार मन्त्रीको आज शपथ लिने भएको हो । राष्ट्रपति कार्यालयले शुक्रबार साँझ ५ बजेतिर चार मन्त्रीहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम राखेको स्रोतले जानकारी दिएका् छ ।