सचिन तेन्दुलकर कोरोना जितेर अस्पतालबाट डिस्चार्ज
द नेपाल मिडिया
२७ चैत्र २०७७, शुक्रबार ११:०१
२७ चैत, रौतहट । भारतीय क्रिकेटर सचिन तेन्दुलकर कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उनलाई अस्पतालले बिहीबार साँझ डिस्चार्ज गरेको हो । यद्यपि उनी अझै केही दिन होम क्वारेन्टिमा बस्ने छन् ।२७ मार्चमा सचिन कोरोनाबाट संक्रमित भएको समाचार सार्वजनिक भएको थियो ।
उनी दुई अप्रिलमा उपचारका लागि अस्पताल भर्ना भएका थिए । हिजो साँझ कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएपछि सचिनले आफ्ना शुभेच्छुक र उपचारमा संलग्न चिकित्सकहरुप्रति आभार प्रकट गरेका छन् । एजेन्सी