अगामी वैशाख १ गते प्रधानमन्त्री कार्यालयमा सर्दै गृह मन्त्रालय
द नेपाल मिडिया
२० चैत्र २०७७, शुक्रबार १४:४५
२० चैत, रौतहट । हाल प्रधानमन्त्री कार्यालय रहेको भवनमा आगामी वैशाख १ गतेदेखि गृह मन्त्रालय सर्न लागेको छ ।
२०७२ साल वैशाख १२ मा भूकम्पको कारण सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनमा सरेको थियो ।
हाल पुननिर्माणपछि प्रधानमन्त्री निवास भवन पूरानै स्थानमा सरेको थियो । आज गृहमन्त्री रामबहादुर थापा बादलले उक्त भवनको निरीक्षण गरेर मन्त्रालय सार्ने निर्णय गरेका हुन् ।
यस्तै, हाल गृहमन्त्रालय रहेको केही भवनहरु पुननिर्माण तथा नवनिर्माण गर्ने भएकाले गृहमन्त्रालयलाई सार्न लागिएको छ ।